काठमाडौं । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आइसीएसआइडी) मा नेपाल सरकारविरुद्ध दायर गरेको मुद्दा हारेको छ ।
एनसेलले ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा ४५ अर्ब ८१ करोड रुपैयाँ बढी क्षतिपूर्ति माग गर्दै नेपाल सरकार विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको फैसला नेपालको पक्षमा आएको हो ।
२०७२ चैतमा एनसेलको स्वामित्व परिवर्तन भएसँगै पुँजीगत लाभकरको विवाद सुरु भएको हो । त्यसलेबल, एनसेलमा ८०५ स्वामित्व भएको रेनोल्ड्स होल्डिङ्सलाई स्वीडिस कम्पनी टेलियासोनेराबाट आजियटाले खरिद गरेको थियो ।
टेलियासोनेराले नेपालमा भएको स्वामित्व बिक्री गरेपछि ठूला करदाता सेवा कार्यालयले एनसेलविरूद्ध पुँजीगत लाभकर निर्धारण गरेको थियो । सर्वोच्च अदालतको पटक पटकको आदेशपछि एनसेलले नेपाल सरकारलाई ४५ अर्ब ४३ करोड पुँजिगत लाभकर बुझाएको थियो ।
यद्दपि, एनसेलले यो प्रक्रियाहरूको विरुद्धमा अन्तर्राष्ट्रिय निकायमा मुद्दा दायर गरेको थियो । तर अहिले फैसला नेपालको पक्षमा आएको हो । फैसलापछि अब नेपाल सरकारले एनसेलले दाबी गरेको क्षतिपूर्ति पनि भुक्तानी गर्नु नपर्ने भएको छ ।
FACEBOOK COMMENTS