काठमाडाैं । रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० औँ वर्ष पार गरेको छ।
हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ। जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ।
आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।
हाल सार्वजनकि गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको कम्पनीको भनाई छ।
कम्पनीले भनेको छ, ‘रुस्लान भोड्काले तपाईको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिनेछ। त्यसैले रुस्लान भोड्का पारखीहरुको पहिलो रोजाइ र छनौट रहँदै आएको छ। अब तपाईले रुस्लान भोड्का ७५० एमएल, ३७५एमएल, १८० एमएल को प्रीमियम बोतलहरू नजिकैका पसलहरूमा पाउन सक्नुहुन्छ।’
FACEBOOK COMMENTS