काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा तीन महिला सदस्य सहित ५ जना निर्विरोध निर्वाचित भएका छन् ।
महिला सदस्यहरुमा सुसन कर्माचार्य, ईशा श्रेष्ठ र सुमन जोशी निर्विरोध निर्वाचित भएका हुन् । इप्पानमा आगामी कार्यकालका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २र२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।
२५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् भने महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । भरतबहादुर खत्री, आनन्द चौधरी, आशिष गर्ग, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।
७ जना खुल्ला सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा विजय मोहन भट्टराई, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, भरत पराजुली, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, टेकनाथ आचार्य, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दिएका छन् । निर्वाचन जेठ ३२ गते हुनेछ ।
FACEBOOK COMMENTS