काठमाडौं,पुस १८ -उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयले कारवाहीको गर्ने निर्देशन दिएपछि अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवालले विहीवार र शुक्रवार गरी उखु किसानको ५० लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
उनले उखु किसानलाई ५० लाख दिएसंगै भुक्तानी गरेको रकमको बारेमा उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालयलाई जानकारी गराएका छन् ।
मन्त्रालयका अनुसार सञ्चालक अग्रवालले पुस २५ भित्र ५ करोड र माघको पहिलो सातामा १२ करोड तथा माघ भरीमा सम्पुर्ण रकम भुक्तानी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
अन्नपूर्ण चिनी मिलले मात्रै किसानको ४२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
FACEBOOK COMMENTS