काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले अकित मूल्यमा प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
सी आस्वा सदस्य रहेका बैक तथा वित्तिय संस्था र मेरो सेयर मार्फत आवेदन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS