काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनिले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले ६ करोड ५० हजार रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । जसमा ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष, १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनिले असार १० गतेदेखि १३ गतेसम्म सेयर निष्कासन गर्नेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार २४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS