काठमाडौं । आज (असार १ गते) ६ वटा प्रदेशले बजेट सार्वजनिक गर्दै छन्।
आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार सबै प्रदेश (कोशीले भने यसअघि नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकको छ) का आर्थिक मामिला मन्त्रालयले शुक्रबार बजेट सार्वजनिक गर्ने भएका हुन् ।
आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिलामन्त्रीले बजेट भाषण गर्ने छन् ।
कोशी प्रदेशले भने अध्यादेशमार्फत हिजै (बिहीबार) बजेट सार्वजनिक गरिसकको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशले कुन क्षेत्रमा कति गर्यो विनियोजन?
केन्द्र सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ भित्र र स्थानिय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने छ।
तर बजेटको कार्यान्वयन भने साउन १ अर्थात् नयाँ आर्थिक वर्षदेखि हुन्छ।
FACEBOOK COMMENTS