काठमाडौं, पुस २०- जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ ।
वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो ।
यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उर्तीण भएका थिए ।
नेपाल र जापान सरकारबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ ९एमओसी० बमोजिम नेपालबाट नर्सिङ केयर गिभरको लागि पुनः परीक्षा गर्न लागिएको हो ।
जनवरी र मार्चमा सञ्चालन गरिने परीक्षा जापान फाउन्डेसनले गर्ने भएको छ । परीक्षा जनवरी ७ देखि २९ गतेसम्म पटकपटक गरेर १० दिनसम्म सञ्चालन हुनेछ ।
परीक्षा युनिभर्सल ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्च्यिुट काठमाडौँमा हुनेछ । आजको कारोबार दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS