काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको हो ।
यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षको लागि) हुन्डाई कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् । बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध दाबी गरिएको छ ।
विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ कम्पनीले हुन्डाई कोना र आयोनिक ५ लक्षितगरी यो अफर ल्याएको हो । यी दुई गाडी नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् ।
FACEBOOK COMMENTS