काठमाण्डौं– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बार्षिक रुपमा आयोजाना गर्दै आइरहेको टाटा मोटर्स कार मेला को सिजन–६, भदौ १ गतेबाट काठमाण्डौको नक्साल ब्यांक्वेटमा सुरु हुदैछ ।
३ दिन सम्म चल्ने यो मेला, प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म हुनेछ ।
कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन ।
कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रमहरुका साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको छ । उक्त मेला अवधिभर ग्राहकहरुले निम्न लिखित सेवा हरु पाउनेछन ।
बुकिंग गर्दा गोला प्रथा मार्फत यी मध्ये कुनै एक प्राप्त गर्न सकिनेछ ः
१ जोडीलाई यूरोप टुर
१ जोडीलाई थाइल्याण्ड टुर
१ थान हिराको औठी
२ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग
३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स
१ जना लाई ६ महिना को निःशुल्क इन्धन
प्रत्येक टेस्ट ड्राइभमा एउटा उपहार र लक्की ड्र मार्फत होलिडे प्याकेज
प्रत्येक भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत तल मध्ये कुनै १ प्राप्त गर्न सकिनेछ ः
वासिंग कुपन १ जना लाई
फुल ट्यांक इन्धन १ जना लाई
फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल
बिशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिने उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा २००० भन्दा बढी दर्शकहरुको उत्साहाजनक सहभागिता रहने कम्पनीले दाबी गरेको छ ।
FACEBOOK COMMENTS