काठमाडौं । लक्ष्मी उन्नती कोषको नोक्सानी रकम घटेको छ । कोषको नोक्सानी वैशाखको तुलनामा जेठ महिनामा घटेको हो। वैशाख मसान्तसम्म ८ करोड ८१ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना जेठ मसान्तसम्म ४ करोड १६ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । वैशाख मसान्तसम्म ७ करोड ८२ लाखभन्दा बढी ऋणात्मक रहेको योजनाको जेठ मसात्तसम्म ३ करोड ६ लाखभन्दा बढी आम्दानी ऋणात्मक रहेको छ ।
खर्च रकम भने वैशाखको तुलनामा जेठमा बढेको छ । वैशाख मसान्तसम्म ९८ लाख ९६ हजार खर्च गरेको योजनाले जेठ मसान्तसम्म १ करोड १० लाखभन्दा बढी खर्च गरेको छ । योजनाले जेठ मसान्तसम्म धितोपत्रमा ४६ करोड ७२ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले सूचीकृत धितोपत्रमा गरेको लगानीको बजारमूल्य ३९ करोड २१ लाखभन्दा बढी रहेको छ ।
सार्वजनिक निष्कासनको धितोपत्रमा गरेको लगानीको मूल्य रू। २४ लाख २६ हजारभन्दा बढी रहेको जानकारी योजनाले दिएको छ । बैंक मुद्दती निक्षेपमा योजनाले रू। ७ करोड लगानी गरेको छ । ६ करोड ५२ लाख ६२ हजार ३६० इकाई जेठ मसान्तसम्म कायम भएको योजनाको प्रतिइकाई खुद मूल्य रू। १० दशमलव ६९ रहेको छ । वैशाख मसान्तसम्म योजनाको यो मूल्य रू। ९ दशमलव ९८ रहेको थियो ।
FACEBOOK COMMENTS