काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्षदेखि सांसदहरुको सल्लाहमा बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेटबारे उठेका प्रश्नहरुको संसदमा जवाफ दिने क्रममा उनले बजेट निर्माण प्रणालीमा सुधार गर्ने बताएका हुन् ।
बजेट वक्तव्यमै मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तबाटै सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको भन्दै उनले भने, ‘आगामी वर्षदेखि बजेट निर्माणमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा सम्बन्धित क्षेत्रका अन्य सांसदहरु समेतको सल्लाहअनुसार बजेट निर्माण गर्ने परिपाटी सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
FACEBOOK COMMENTS