काठमाडौं । अहिले नेपालि बजारमा इलेकट्रिकल भेक्लहरुको माग बढ्दो छ । विभिन्न ब्रान्डका इलेकट्रिकल स्कुटर, गाडी नेपाली बजारमा उपलब्ध हुन थालेका छन् । प्रतिशप्रधा बढ्दै गएको छ । यही प्रतिशप्रधामा होमिएर आएको छ सिएफ मोटर्सको जिहो ।
सिएफ मोटरस्को जीहो एई ८ इलेक्ट्रिक स्कुटरले सेग्मेन्टमा लिकुइड इन्जिन मात्र दिएको छैन, स्टाइल, पर्फर्मेन्स र राइडिङ एक्सपेरियन्समा पनि नयाँ मानक खडा गरेको छ । यो स्कुटर साधारण दैनिकी प्रयोगका लागि पनि उत्तिकै योग्य छ ।
जीहो नाम दिइएको यो स्कुटर बाइक जस्तै पावर फुल रहेको छ । अन्य इलेक्ट्रिकल स्कुटर भन्दा फरक र पृथक रहेको छ ।
अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन नै यो स्कुटरको विशेषता हो । झन् सुरक्षा फिचर्सहरुको संयोजनले सुनमा सुगन्ध थपिए झैं भएको छ ।
स्पोर्टी र स्टाइलिस
यो स्कुटरअघिबाट हेर्दा जति स्पोर्टी देखिन्छ, चारैतर्फबाट हेर्ने हो भने उत्तिकै स्टाइलिस पनि भेटिन्छ । झ्ट्ट यसको मस्कुलर डिजाइनले जोकोहीलाई प्रभावित गर्न सक्छ ।
स्कुटरमा एलईडी डीआरएल छ । स्कुटर स्टार्ट भएपछि यो बलिरहन्छ । अगाडि पछाडि नै एलईडी हेडल्याम्प छ । अघिका हेडलाइट र पोजिसन एलईडीले एरोक्समा थ्री डायमेन्सनल लुक स्थापित गरिदिएको छ । यी एलईडी हेडलाइटहरुले राति समयमा पनि उत्कृष्ट भिजिबिलिटी दिन्छन् ।
टेल लाइटमा १२ कम्प्याक्ट एलईडीहरू छन्, जसले बाइकलाई आधुनिक मात्रै देखाएका छैनन्, थ्रीडीको स्वरूप दिलाएका पनि छन् । यसमा हेलुजन इन्डिकेटर लगाइएको छ । पछाडिबाट हेर्दा पनि यो स्कुटर उत्तिकै गज्जब देखिन्छ ।
ब्याट्री र पावर
नेपाली बाटोमा छाउने क्रममा रहेको जिहो एई ८ पनि कम्ताको छैन । कम्पनीका अनुसार ४ घण्टा चार्ज गर्दा १२० देखि १४० किलोमिटर रेन्ज दिन्छ । यो स्कुटर हेर्दा जति आकर्षक छ, उत्तिकै शक्तिशाली छ । यसमा ५ किलोवाटको मिड माउन्टेड लिक्विड कूल्ड मोटर छ भने २.५ किलोवाटको पीक पावर र २१८ एनएमको पीक टर्क रहेको छ ।
यसमा ६९ भोल्ड ३२ एएच डियुल लायोन ब्याट्रि छ । यसमा दुई वटा ब्याट्रि राख्ने सिस्टम रहेको छ । यो चेन्ज गरेर राख्न सकिन्छ । एउटा ब्येट्रिले ६० किलो मिटर सम्म गुड्छ ।
इको, स्टिर र स्पोटस मोड रहेको छ । इकोमा ० देखि ६० किलोमिटरसमम दिन्छ । भने स्टिटम मोडले ८० किलोमिटर पर वार दिन्छ । स्पोटर्स मोडले १०० सम्म दिन्छ । र स्पोर्स मोडलाई बुस्ट गर्दा १११ किलोमिरसम्मको स्पिड दिन्छ ।
सुरक्षामा ‘नो कम्प्रोमाइज’
नेपालमा बाइक राइडर र उनीहरुका परिवारका लागि सबैभन्दा बढी चासोको विषय हो सुरक्षा । यो स्कुटर सुरक्षाका हिसाले पनि अब्बल देखिन्छ ।
यसको अगाडि डियुल पिस्टोन विम्बो क्यालिपर्स ब्रेक छ । पछाडि सिङगल पिस्टोन क्यालिपर्स ब्रेक रहेको छ ।
यसमा अघि १००/४७ एममएमको ट्युबलेस टायर छ । पछाडि १२०/७० एममएमको ट्युबलेस टायर नै छ । यसमा १३८० एमएमको ह्विलबेस छ ।
यसको ग्राउन्ड क्लेयरेन्स १४५ एमएम छ । यसले कच्ची बाटोहरुमा पनि सजिलै यात्रा सहज बनाउँछ । स्पोर्ट स्कुटरमा पनि यति धेरै ग्राउन्ड क्लेयरेन्स दिएर कम्पनीले यो स्कुटरलाई नेपाली बाटो मैत्री बनाइदिएको छ ।
स्ट्यान्ड माथि लगेपछि मात्रै स्कुटर स्टार्ट हुने भएकाले यो स्कुटर सुरक्षित यात्रालाई पूर्वप्रत्याभुत गर्न सक्षम छ । यो फाइबर बाट बनेको हो । यो सानो एक्सीडेन्ट हुदाँ फुटि हाल्दैन तर ब्यान्ड हुन्छ । यसमा ब्रेकिङ सिस्टम पनि एक्दमै राम्रो रहेको छ । यसमा अगाडि र पछाडि नै डबल सक्स रहेको छ ।
स्मार्ट स्कुटर
यो स्कुटरको विशेषता लुक्स, यन्जिन र सुरक्षा पक्षको मात्रै वर्णनबाट पुरा हुँदैन । यसमा दिएको आधुनिक तथा सहज खालमा फिचरले पनि राइडरलाई सन्तुष्ट बनाउन सघाउँछ ।
यो स्कुटर किलेस हो । यो एनएफसी काड बाट मात्र वन वफ हुन सक्छ । यसमा ५ इन्चको एलसीडि स्किन स्पिडोमिटर, आरपीएम र भीभीडब्ल्यू इन्डिकेटरहरु देखिन्छन् । यसको डिकि ६ लिटरको रहेको छ ।
डिएलआर लाइट पाउन सकिन्छ । एलइडि आइ डिम्पल लाइट । एलइडि डिएलआर लाइट पाउन सकिन्छ । रातिमा पनि क्लिएर भिन्जन रहेको छ । सूइ चेबल छ । यसमा कुज कन्टोल दिएको छ । गाडी गुडिरहदा बुस्ट बटनमा किल्क गर्दा उही स्पिडमा गुडि ै रहन्छ । यो पावर फुल रहेका छ । यो वन राखेर छोड्दा पनि अटोमेटिक १२ सेकेन्डमा अफ हुन्छ ।
यसमा प्रार्कीङ ब्याक गेर पनि रहेको छ । प्रार्कीङ निकालन र राख्न सहजताको लागि यो फिचर राम्रो रहेको छ ।
राइडर सिटमा नबसिकन रेडि हुदै न र सिडबाट एक छिन् उठ्दा स्टाट अफ हुन्छ । यसमा सिट सेन्स पनि रहेको छ । सिटहरु पनि कम्फेटबल छ । यो नरमल घरमा रहेको पल्कबाट चार्ज गर्न मिल्छ ।
कति छ मूल्य ?
सिएफ मोटर्सका सेल्स एण्ड मार्केटिङ हेड रोनिस दाहाल लुक्स, पर्फर्मेन्स र फिचर्सका हिसावले यो स्कुटर एउटा पूर्ण प्याकेजका रुपमा आएको बताउँछन् । यसैकारण सार्वजनिक हुनुअघि नै कम्पनीले थुप्रै प्रि–बुकिङ पाएको उनको भनाइ छ ।
‘कतिपय राइडरहरु त लन्चअघि नै स्कुटर लिएर जान्छु भनेर मरिहत्ते गरिरहनुभएको थियो, यसले जनाउँछ कि यसमा नेपाली ग्राहकको रुची कति धेरै देखिएको छ,’ उनी भन्छन्,‘यो सिएफ मोटर्स प्रतिको भरोसा पनि हो ।’
कम्पनीका अनुसार जीहो एई ८, पल वाइट र मेटालिक ब्ल्याक कलरमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ राखेको छ । सिएफ मोटर्सको आधिकारिक सोरुमहरूबाट यो स्कुटर किन्न र बुक गर्न सकिन्छ ।
उनले सोरुममा स्कुटर हेर्न आउँदा अन्य भन्दा राम्रो पावर रहेको ग्राहले बताएको जानकारी दिए । यसको सभिसिङको पनि चिन्ता लिनु पर्दैन। ग्राहकको प्रतिक्रियाले हामी उत्साहित छौं, यो बाइकले आफ्ना विशेषताकै बलमा पनि नेपाली ग्राहकलाई सुन्तुष्ट गर्ने उनले बताए ।
सिएफ मोटर्सका कार्यकारी निर्देशक पवन बर्माका अनुसार यो इलेकिटिकल स्कुटर नेपाली बजारको नम्बर वान पावर फुल स्कुटर हो ।
उनले भने, ‘ अन्य कम्पनीले जति रेन्ज दिन्छ भने पनि हामिले कम्पनिले दिएको १९० रेन्जलाई घटाएर १२० देखि १४० भनेका छौँ । किनभने हामिले पहिला नै टेस्टिङ गर्द १२० देखि १४० रेन्ज दिएकोले यति नै भनेका हौ ।’
उनले यो पिमिएम स्कुटर भएकोले मुल्य महगो भएको बताए ।
बर्माले थपे , ‘ हामीले स्कुटरको ब्याट्रि र मोटरमा १ वर्ष ग्रयारेन्टी दिएका छौँ । यो एक पटक चार्ज गर्द ५२ रुपौयाँ मात्र लाग्छ । सरभिस सेन्टर नेपाल भर रहेका र पाटर्र्सहरु नपाउने चिन्ता नरहेको बताए । नक्साल, बानेश्वर, सल्लाघारी, बालाजु , वितामोड , इटहरी, चिवन, वुटवल र अन्य सहरमा पनि सिएफ मोटर्सको सोरुम र सभिस सेन्टर रहेको छ । आगामि दिनमा ५२ वटा सहरमा खोल्ने लक्ष्य रहेको छ । ’
उनले १२५ सिसी देखि २५० सिसी सम्मको बाइक हरु बेचदै आएका बताए । त्यस्तै इलेक्ट्रिक बाइक २०२४ मा लन्च हुन्छ । हामीले अब नेपालमै एसेम्बल गर्ने सोचदै छौँ । यसले गर्दा रोजगार पनि बढ्ने उनले बताए ।
FACEBOOK COMMENTS