काठमाडौं । युनियन मेवा हाइड्रोमा लक्ष्मी बैंकको अगुवाईमा तीन वटा बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
मेवा खोलामा निर्माण हुने २३ मेगावाट क्षमताको जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा नबिल बैंक र हिमालयन बैंकले लगानी गर्ने भएका छन् । त्यसका लागि मंगलबार सम्झौता भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल र लक्ष्मी बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमित भट्टराईले हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकले १ अर्ब ५२ करोड, नबिल र हिमालयन बैंकले १–१ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
करिब ४ अर्ब ७० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको आयोजनामा ३ अर्ब ५२ करोड रुपैयाँ बैंक र १ अर्ब १८ करोड रुपैयाँ सेयरधनीले हाल्नेछन् । ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्पपुँजीबाट आयोजना बन्ने छ ।
विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट वार्षिक १३६,७९ गिगावाट घन्टा ९१३ करोड ६७ लाख ९० हजार युनिट० विद्युत उत्पादन भई पहिलो वर्ष करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२÷२२० केभी सबस्टेसनमा जोडिनेछ । कोसी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बे बाँध निर्माण गरी १५३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा खसालिनेछ ।
FACEBOOK COMMENTS