झापा । झापाको चारपानेमा मोहनमाया माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्धारा साढे ४ करोड मा निर्माण गरिएको मोहनमाया माविको नवनिर्मित भवन प्रसाईंले नै उद्घाटन गरेका हुन् ।
कान नसुन्ने, आँखा देख्ने विद्यार्थीका लागि सहज होस् भनेर आफूले विद्यालयका लागि भवन बनाएको प्रसाईंले बताए ।
१२ कोठे विद्यालय बनाउन साढे ४ करोडति खर्च भएको जनाइएको छ ।
‘यो सामुदायिक विद्यालय हो । पूर्वको सबैभन्दा राम्रो पढाइ हुने स्कुल हो’ प्रसाईंले भने, ‘कान नसुन्ने र आँखा नदेख्नेहरुलाई पढ्न सहज होस् भनेर यो भवन बनाएको हुँ । यो भवनमा १२ कोठा छन् र ४र५ करोड जति खर्च भएको छ ।’
FACEBOOK COMMENTS