काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २ दशमलव ९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २ दशमलव ४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।
एसईईमा १ दशमलव ६ देखि २ दशमलव ० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १ दशमलव २० देखि १ दशमलव ६० जीपीए ल्याउने ३८ हजार ७७० र ० ८० देखि १ दशमलव २० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।
FACEBOOK COMMENTS