काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको छ । कम्पनीले ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको हो ।
कम्पनीले यस अघि हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि असार २९ गतेदेखि साउन १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो शेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS