कन्याम। चिया बगान तथा प्राकृतिक सौन्दर्यले रमणीय इलामको कन्याम पूर्वका पर्यटकीय स्थलहरुमध्ये महत्वपूर्ण मानिन्छ ।
इलामको सूर्यदय नगरपालिका स्थित कन्याम कुनै राम्रो चित्रकारले कोरेको सबैभन्दा उत्कृष्ट चित्र जस्तो देखीन्छ ।
वर्ष भरिनै चिसो हावापानी, डाँडै ढाक्ने चिया बगान, देउराली डाँडा, विभिन्न जातीको परम्परागत सांस्कृतिक यहाँका आकर्षणहरु हुन् । कन्यामको रमणीय र प्राकृतिक सौन्दर्यता हेर्न देश र विदेशका विभिन्न स्थानबाट पर्यटकहरु आउने आउने गर्छन् ।
FACEBOOK COMMENTS