काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र आवेदन दिनसक्नुपर्ने छ ।
कम्पनीले जेठ २२ गतेदेखि १ः०.७५ अनुपातमा ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले वैशाख २७ गते बुक क्लोज गरेर वैशाख २६ गतेसम्म कायम रहेका सेयरधनीलाई हकप्रद सेयर भर्न सक्ने व्यवस्था गरेको थियो ।
हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटलले रहेको छ ।
FACEBOOK COMMENTS