काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या ७५ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म ७५ हजारभन्दा बढी ई–सिम वितरण भइसकेको जानकारी दिएका छन् ।
उनले भने, ‘हामिले हाजसम्म ७५ हजार ई–सिम वितरण गरिसकेका छौँ । जसमा ४५ हजार आम प्रयोगकर्ता छन् भने ३० हजार नेपाल विद्युत प्राधिरणले स्मार्ट मिटरको लागि लिएको छ ।’ अधिकारीले ई–सिमको प्रयोगकर्ता पहिलाको तुलनामा बढेको बताए ।
उनले थपे, ‘हामिले सुरुमा महिनामा करिब ३ हजारबेचिरहेका थियौँ भने अहिले महिनाको ५ हजार ई–सिम बेचिरहेका छौँ भने भौतिक सिम हामीले महिनाको करिब २ देखि साढे २ लाख बिक्री गरिरहेका छौँ ।’
नयाँ टेक्नोलोजि विस्तार भएसँगै विस्तारै ई–सिमको मागपनि बढ्दै गएको उनले बताए ।
ई–सिमबाट फोन गर्ने र डाटा चलाउने लगायत विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।
इ–सिम भनेको एक इम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इ–सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।
के फरक छ इ–सिम र भौतिक सिममा?
इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । इ–सिमलाई मदरबोर्ड सँगै जोडिएको हुन्छ । यसलाई भौतिक सिम जस्तो झिक्न र राख्न मिल्दैन । तर, यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।
यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन् । जसका लागि इ–सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ ।
कुन सेटले सपोर्ट गर्छन् इ–सिम?
सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीले उत्पादन गरेका फोनमा इ–सिमको फिचर उपलब्ध छ । सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ ः फाइभजी, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनमा इ सिम फिचर रहेको कम्पनीले जनाएको छ।
यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ (२०२०), आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ सिमको सुविधा रहेको कम्पनीले जनाएको छ । एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ सिम सपोर्ट गर्छ ।
हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ–सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ–सिम उपलब्ध छ ।
त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ–सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS