काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २६ अंकको गिरावट आएको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको शेयर बजार आज २६ अंकले घटेर बन्द भएको हो ।
१ दशमलव १९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।
परिसूचक घटेपनि आज किसन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कित्तामा ७९ रुपैयाँले बढेपछि आज कम्पनीको सेयर मूल्य ८७१ रुपैयाँ पुगेको छ । यसबाहेक आज एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य ६।९३ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकमा २६ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूह ० दशमलव १४ अंकले र अन्य समूह ४५ अंकले बढ्नुबाहेक सबैमा गिरावट आएको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूह १४३ अंकले घटेको छ भने उत्पादनमूलक समूह ११४ अंकले घटेको छ ।
FACEBOOK COMMENTS