काठमाडौं,पुस २८- रिपोर्टस क्लब नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा सर्व सहमतरुपमा प्रादेशिक खबर राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदन वाग्ले निर्वाचित भएका छन्।
प्रथम अधिवेशनले प्रदेशको उपाध्यक्षमा नेपाल पत्रकार महासघ स्याङ्जाकि भवानी अधिकारी निर्वाचित भएकि छन् । क्लवको प्रदेश सचिबमा गोर्खा पत्र राष्ट्रिय दैनिक तनहुँका संवाददाता अमरराज नहर्की सर्वसहमत चयन भए । यसैगरी समितिको सहसचिवमा गोर्खा जिल्लाका संचारकर्मी रविन्द्र कडेल रहेका छन्।
यसैगरी समितिको कोषाध्यक्षपदमा तनहुँकि संचारकर्मी मनिता मौरती निर्वाचित भईन्। यसैगरी क्लवको गण्डकी प्रदेश सदस्यहरुमा क्रमश आश गुरुङ लम्जुङ,रामधामी तनहुँ ,शिला वाग्ले तनहुँ निर्वाचित भएकि छन्।
अधिवेशनले विभिन्न संचारमाध्यामका प्रमुखहरुलाई गण्डकी प्रदेशको सल्लाहकार पदमा सर्वसहमत निर्वाचित गरेको छ। जसमा डा।ईश्वर चन्द्र वाग्ले, अन्जनराज न्यौपाने र गोरा मियाँ रहेका छन।
आईतवार सम्पन्न भएको उक्त क्लवको प्रथम अधिवेशन रिपोर्टस क्लव गण्डकी प्रदेश संयोजक मदन वाग्लेको सभापतित्वमा भएको हो।
कार्यक्रमको ब्यसनगरपालिकाकि उपप्रमुख मिरा जोशीले ब्यानर पढेर अधिवेशनको उद्घाटन गरिन्। उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले रिपोर्टस क्लव नेपाल, नेपालमै एउटा स्वतन्त्र ,निश्पक्ष र सामाजिक न्यायकालागि निडरभएर समर्पित भै लागिपरेको बताईन्। निरंकुशताका विषयमा ,अलोकतान्त्रिक र अराजकता ,सामाजिक विकृतिका विरुद्धमा तमतयार रहनुपर्ने बताईन्।
पत्रकार समाजको ऐना हो जनतालाई सही सुचना दिन सक्नुपर्ने र खोजमुलक पत्रकारिता आजको अनिवार्य आबश्यक्ता रहेको उपप्रमुख वाग्लेले बताईन्।
नेपाल मगर सघ तनहुँका अध्यक्ष मनिराज थापाले शुभकामना मन्तब्यका क्रममा बोल्दै पत्रकार र जन्ता नङ र मासुको सम्बन्ध हुनु जरुरी भएको बताउदै सत्य ,तथ्य समाचार संप्रेषण गर्न निर्भिक भएर लाग्नुपर्ने बताए ।
यसैगरी नेपाल ट्रेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष सुर्यचन्द्र हड्खलेले समाजका आर्थिक ,सामाजिक, राजनैतिक झुन्डबाट पररहेर कलम चलाउनुपर्ने वताउदै समाजमा भएगरेका विकृति ,विसंगति र तितो यथार्थमा प्रेस मिडियाले कत्रिपनि विचलित नभै स्वतन्त्रता पुर्वक कलम चलाउनुपर्ने बताए ।
वरिष्ठ साहित्यकार डा। ईश्वर चन्द्र वाग्लेले रिपोर्टस क्लवले देशका विशिष्ट ब्याक्तिहरु लाई समाजमा पहिचान गराई कार्यक्रम प्रस्तुत गरिनु देशका लागि गर्वको विषय भएको बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले प्रत्येक संचारमाध्यहरुले कपोलकल्पित ,भ्रामक र प्रितपत्रकारिता प्रति पत्रकार नै सदैव सचेत भएर आग्र पुर्वाग्रह त्यागेर सबै प्रिन्ट ,ईलोक्टोनिक र छापामाध्यामले सत्य निश्पक्ष भएर लाग्नुपर्ने बताए।
यसैगरी फोटो पत्रकारमहासघका केन्द्रीय अध्यक्ष सेक गोरा मियाँले समाजमा घटेका जुनसुकै घटनाहरुलाई पर्दा फास गर्न लामो समय देखि सफल भएको बताए ।
यस्तै तनहुँ उधोगबाणिज्य सघ तनहुँका महासचिव ईमकुमार मल्लले रिपोर्टस क्लवले देशको समग्र परिवेश र घटनाक्रमका विविध विषयहरुमा जनमानसमा साक्षतकार गरि छर्लङ्ग पारेको प्रति क्लवले समाजमा अतुलनीय भूमिका निर्वाह गरेको बताए ।
यसैगरी नेपाल पत्रकार महासघ स्याङ्जा शाखाका अध्यक्ष ओमप्रकाश शर्माले शुभकामना मन्तब्यका क्रममा बोल्दै नेपालको संचारमाध्यम आवाजविहिनहरुको आबाज बनेर खोजमुलक सुचना जनस्तरमा फैलाउन आचार सहिता ,आत्मासमिक्षा गरेर खोजमुलक समाचार संप्रेषण गरिनु पर्ने बताउदै जनताका सुझाबलाई सार्वजनिक गर्ने ,पेशागत निष्ठाको पालनागरि सम्पुर्ण संचारजगत लाग्नु अनिवार्य भएको बताए ।
कार्यक्रममा शुभकामना मन्तब्यमा वोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विश्व वास्तोलाले पत्रकारिता जगत सबै क्षेत्रको आँखाको नानी भएको बताए ।
पत्रकारले स्वतन्त्र भएर विभिन्न राजनैनिक आग्रह ,पुर्वाग्रह भन्दा माथि उठेर कलम चलाउन सके सच्चा पत्रकारिता हुने बताउदै देशको शान्ति र सम्वृर्दीका लागि संचारमाध्यमले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी९ नेकपा ० का गण्डकी प्रदेशका सदस्य राजेन्द्र केशरी न्यौपानेले प्रत्येक दुरदराजका गरिव,निमुखा जन्ताहरुको आवाज बुल्न्द बनाउन कुनैपनि समयमा हरघडी तयार रहनु पर्ने बताए ।
FACEBOOK COMMENTS