काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ।
विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो । उक्त होटल उनकी श्रीमतीको नाममा छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् ।
योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ ।
‘कागजात, कम्प्युटर, सिसिटिभी फुटेजहरू ल्याएका छौं,’ स्रोतले भन्यो ।
विभागले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।
केही समय अघि काठमाडौंमा कल सेन्टर स ञ्चालन गरी ठगी धन्दा चलाउनेमा पनि उनको नाम जोडिएको थियो। तर उनी पक्राउ परेका थिएनन् ।
FACEBOOK COMMENTS