काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भुसालले कृषि ऐनको मस्यौदा तयार भएको र यसको बारेमा छलफल जारी रहेकोले चाँडै टुङ्गो लाग्ने बताएका छन् । ऐनलाई छिटो छिटो अगाडि बढाएर सांसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
कानुन आवश्यकता अनुसार संशोधन गर्न सकिने भएकाले यसमा आआफ्नो सुझाव दिएर सहयोग गर्न उनले आग्रह गरे । खाद्यका लागि कृषि अभियानले आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकता बारे प्रारम्भिक छलफल कार्यक्रममा उनले यस ऐनको बारेमा प्रदेश पनि छलफल भइरहेको बताए ।
बाँकी रहेका विषयमा संसद्मा छलफल हुने बताउँदै उनले मन्त्रीपरिषद्बाट पारित गराएर चाँडै नै संसद्मा लैजाने बताए । यस ऐनको २०७६ सालमा पहिलो ड्राफ्ट तयार गरिएको थियो ।
FACEBOOK COMMENTS