काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेरामेक्सले गोपनीयताको हक उल्लङ्घन नहुने बताएका छन् ।
अध्यक्ष खनालको अनुसार यसको बारेमा पूर्ण रूपमा जानकार नभई बोल्दा मानिसमा गलत अर्थ बस्न गएको बताएका छन् ।
टेरामेक्सले कुनै पनि कल विवरण तथा म्यासेज पठाउँदा पनि डाटामा पहुँच नराख्ने उनले बताए । उनले भर्ने टेरामेक्सले ती डाटाहरु सेन्स गर्ने र कहाँ गलत गतिविधि भइरहेको छ भनेर हेर्न काम गर्ने बताएका छन् ।
उनले भने,‘अपराधिक गतिविधिका लागी फरक सिस्टम रहेकोले यो टेरामेक्सले नहेर्ने बताएका हुन् । ल फुल इन्टरसेप्सन (कानुनी अवरोध) र टेरामेक्सलाई एक अर्कामा फरक छ । यी दुई फरक कुरालाई जबरजस्ती मिसाउन खोजिएको हो । ल फुल इन्टरसेप्सन खुकुरी हो भने टेरामेक्स छाला पनि नकाट्ने साटो विलेट रहेको उदाहरण दिएका छन् ।’
खनालले नागरिकको गोपनीयताको हकमा उपोभोक्तलाई भन्दा बढी प्रधिकरणलाई चिन्ता रहेको बताएका छन् ।
टेरामेक्सबारे ९० प्रतिशत उपभोक्ताले राम्रो प्रतिक्रिया दिएका छन् भने १० प्रतिशतले यसबारे गलत हिसाबले बुझेको उनको भनाई छ । साथै उपोभोक्तलाई बुझाउन नसक्नुमा प्राधिकरणकै कमीकमजोरी रहेको यसबारे बुझाउन केही समय लाग्ने उनले बताए ।
FACEBOOK COMMENTS