एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा समेत अधिकांश वित्तीय परिसूचकहरुमा उत्साहजनक नतिजा हासिल गर्न सफल भएको जनाएको छ । कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रयमास सम्ममा कुल लघुकर्जा १८ अर्ब ४५ करोड ६६ लाख पुर्याएको छ ।
प्रति शेयर आम्दानी (EPS) १७ दशमलव २५ सहित यस आर्थिक वर्षमा ३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पूँजीमा प्रतिफल (ROE) वार्षिक १२ दशमलव ०२ प्रतिशत रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने २ अर्ब २३ करोड १८ लाख पुर्याउन सफल भएको छ । वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई ४ दशमलव ६४ प्रतिशत मा सिमित राख्न सफल भएको छ ।
नवीनतम् प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिष्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा तथा खल्ती मार्फत रकम भुक्तानीको साथै आर्थिक कारोबारहरुको एस.एम.एस मार्फत जानकारी हुने प्रणाली सुचारु भईसकेको छ ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा मुलुकभरका ७४ जिल्लामा २८७ शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS