काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमले ७ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा टेलिकमको नाफा ७.८६ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।
टेलिकमको सेवा व्यापारबाट हुने आय अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवमा घटेको छ । अघिल्लो आवमा ३७ अर्ब ९१ करोड रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा ३६ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी २९ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५४ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
१८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ २७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS