काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १२ दशमलव ९३ अंकले घटेर एक हजार ९ सय ९८ दशमलब २८ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ४० करोड ८९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावरको रहेको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
आज लक्ष्मी मेन्छियम हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ दशमलव ९९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडकोे भएको छ । यस कम्पनीको आज ८ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS