काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकेको छ भने ४२ हजार कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । १७ हजार १६२ कित्ता सेयर कम्पनीका कर्मचारीलाई दिएको छ ।
बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS