काठमाडौँ । साउन महिनामा आयात र निर्यात व्यापार घटेको छ। चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालले १ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १ अर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात भएको हो ।
विभागका अनुसार यो गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ५६ प्रतिशतले न्यून हो । गत आर्थिक वर्ष २०७९/८० मा विदेशबाट १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको थियो । यस्तै, यस अवधिमा नेपालबाट १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको छ ।
नेपालबाट हुने निर्यातमा समेत ८ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो । विभागको तथ्यांक हेर्दा आर्थिक वर्षको पहिलो महिना आयात र निर्यात नै घटेको हो ।
FACEBOOK COMMENTS