चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्कका रूपमा विकास गर्ने बताएकी छिन् ।
बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले अहिले बसपार्कको स्तरोन्नति भइरहेको बताइन् ।
बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाइ, मर्मतसम्भारलगायतका काम भइरहेको प्रमुख दाहालले बताए । सघन सहरी विकास मन्त्रालयबाट १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी नमूना बसपार्क बनाउनेतर्फ केन्द्रित रहेको उनको भनाइ छ ।
बसपार्कको रङरोगन, कालोपत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एकसाथ अगाडि बढाइएको उनले जानकारी र्दिइन् ।
करिब एक सय ९५ शेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दाताको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कठ्ठा जमिनमा फूल र आठ कठ्ठा जमिनमा बेसारखेती गरेको छ ।
FACEBOOK COMMENTS