काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले सरकारी किर्ते कसुरअन्तर्गत ४ पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरुमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो ।
तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS