अहिले देशमा आर्थिक मन्दी चलिरहेको छ । व्यापार व्यवसाय खसकिदै गइ रहेको छ । बजारमा व्यापार छैन । सटरहरुमा ताला लाग्न थालिसकेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न असामान्य पस्थितिबाट बिस्तारै तङ्ग्रिँदै गरेको नेपालको आर्थिक क्षेत्र पछिल्लो समय देखिएको मन्दीले पुनः समस्यामा गुज्रिन थालेको छ ।
यसैक्रममा आर्थिक मन्दीको प्रभावबाट अटो क्षेत्रमापनि असर परिरहेको छ । नाडा अटो एक्स्पो २०२०, २०२१ र २०२२ कोभिड महामारीलगायत अन्य विभिन्न कारणबाट आयोजना हुन सकेको थिएन । तर अहिले आर्थिक मन्दीको वावजुतपनि नाडाले शो सञ्चालनमा ल्याउन लाग्दै छ । यसै विषयमा रहेर कर्पोरेट खबरले नाडा अटोमोबाइलसका अध्यक्ष धुर्व थापासँग कुराकानी गरेर केही जान्ने प्रयत्न गरेका छौँ । प्रस्तुत छ, अध्यक्ष थापासँग कर्पोरेट खबरका साइराम उपरकोटीले गरेको कुराकानीको सम्पादित अंशः–
अटो शो सञ्चालनमा ल्याउन कतिको चुनौती पाउनु भयो?
काम गर्दा चुनौतीहरू हुन्छ । हरेक काममा चुनौती त हुन्छ । अहिले देश आर्थिक मन्दीमा भएको बेलामा चुनौती नहुने भन्ने हुँदै भएन । यो अवस्थामा बैंक वित्तीय संस्थाहरुलेपनि सहयोग गर्न सकेको छैन् । व्यवसायीहरुकोपनि व्यापार छैन् । बजार चलायमान बनाउन पनि अटोशोको आवश्यकता थियो त्यसैले हामीले जतिसुकै चुनौतिपूर्ण भएपनि अगाडि बढेका हौँ । यस अटो शोले देशमा गतिलिन नसकेको अर्थ तन्त्रलाई नै चलायमान बनाउँछ भन्ने आश हामीले लिएका छौँ ।
राष्ट्र बैंकले अटो क्षेत्रलाई साथ दिएको छ कि छैन?
राष्ट्र बैंकले अटो क्षेत्रलाई प्राथमिकतामा राखेको छैन । यो वर्ष झनै डलर सञ्चिति पनि बढेको छ तर अटो क्षेत्रलाई साथ सपोर्ट भने गरेको छैन । बैंक वित्तयसंस्थाले पनि अटोमोबाइल क्षेत्रमा लगानी गर्ने सकिरहेको छैन् । किनभने राष्ट्र बैंकले ल्याएको नीतिका कारण बैंकहरुले अटो क्षेत्रमा लगानी गर्न नसकेका हुन् ।
तपाईले एक कार्यक्रममा जोखिम मोलेरनै हामीले शो सञ्चालन गर्ने लागेका हौँ भन्नु भएको थियो । किन त जोखिम मोलेरनै शो सञ्चालन गर्न लाउनु भएको ?
यो वर्तमान परिस्थमा हामीले सञ्चालनमा ल्याउन लागेको अटो शो अति आवश्यक छ । यो शो सञ्चालनमा ल्याउन सकेनौ भने झन् मार्केट घट्ने भएकोले यो सो सञ्चालनमा ल्याएका हौँ । नाडा अटो शोले आर्थिक मन्दीमा चलिरहेको बजारलाई चलायमान बनाउन मद्त पुर्याउँछ । अहिलेको समयमा अटो मोबाइल सेक्टर मात्र नभएर सम्पूर्ण क्षेत्रमा व्यापार नभएको अवस्था छ । हामीले दसैँको एक महिना अघि सञ्चालनमा ल्याउँथ्यौँ भने अहिले झन्डै २ महिना अघि सञ्चालनमा लिएर आएका छौँ । जोखिम मोलेर भएपनि यो शो सञ्चालनमा ल्याउनुको कारण बजारलाई तताएर अन्य व्यवासायहरुलाई पनि सहज बनाउन हो । जोखिम मोलेरनै यो शोलाई अगाडि बढाएका हौँ ।
तपाईको कार्यकालको पहिलो अटो शो सञ्चालनमा आउन लाग्दै छ । विगतमा भन्दा बढी स्टलहरु ल्याराउनु भएको छ कसरी सम्भव भयो ?
हाम्रो संगठन नै अटो मोबाइलको भएकोले स्टल ल्याउनलाई असम्भव भन्ने कुरा त भएन व्यवसायीहरुले ठाउँ माग्दा अझै हामीले स्टलहरु दिन सकिरहेको छैनौँ । विभिन्न व्यवसायीहरुले स्टल दिनु भन्दै आउनु भयो तर पर्याप्त मात्रामा ठाउँ नहुँदा हामीले स्टलहरु दिन सकेनौँ । आर्थिक मन्दीको समयमा कसैले पनि लाखौँ रुपैयाँ खर्च गरेर स्टल राख्ने समय त छौँ न तर पनि हामीले आव्हान गरेपछि उहाँहरु स्टल राख्न मान्नु नै भयो । तर जसले पहिला बुकिङ गर्नु भयो उहाँहरुलाई मात्र स्टल दिन सक्यौँ ।
ठाउँ नपाएर नै हो त तपाईहरुले प्रयाप्तमात्रामा स्टल दिन नसकेको?
ठाउँ नपुगेर नै हो । अहिले हामीले प्रदर्शनीमा कुल ८२ वटा स्टलहरू मात्र सहभागी गराउन सकेका छौँ । माग अनुसारको स्टलहरु दिन सकेका छैनौँ । भृकुटीमण्डपमा रहेको प्रदर्शनी स्थल खाए खाँ नखाए घिच भने जस्तो छ । पर्याप्त मात्रामा ठाउँ छैन् । पुरै सिन्डीकेट मात्र छ । बिजुली देखि लिएर सम्पूर्ण खर्च बढी छ । जुन त्यो उचित मूल्य नै हैन । अन्य ठाउँमा प्रदर्शनी स्थल नहुँदा हामीले बाद्यताबस त्यहाँ सञ्चालनमा ल्याउनु परेको हो । त्यो अन्तर्राष्ट्रिय स्तरको एक मात्र प्रदर्शनी स्थल हो भनिन्छ तर ठाउँ भने पर्याप्त मात्रामा छैन् । त्यहाँको ठाउँ हेर्दा हाटबजार मात्र लगाउन मिल्ने देखिन्छ हाम्रो जस्तो ठुलो शो सञ्चालनमा ल्याउन ग्राहो नै छ । त्यहाँ कुनै सुविधा छैन् । शौचालयको पनि राम्रो व्यवस्था छैन । सरकारले बनाउन सक्छ तर बनाउँदैन । सरकारले बनाउन नसके निजी क्षेत्रलाई जग्गा उपलब्ध गराए हामी बनाउने थियौँ । तर त्यो पनि सरकारले वास्ता गरेको छैन ।
स्पेयर पाट्र्स बजारमा अवैध रूपमा भित्रिएको भन्ने सुन्नमा आएको छ । यस विषयमा चाहिँ के भन्न चाहनुहुन्छ ?
अवैध कारोबारको समस्या अहिलेको मात्र होइन । यो विगतदेखि नै चल्दै आएको समस्या हो । फरक यत्ति हो अहिले अलि बढिरहेको होला । बजारमा अवैध कारोबारीको ठुलो संजाल सक्रिय छ भन्ने विषयमा राज्यका निकायहरु जानकार भएपनि यसलाई नियन्त्रण गर्न उनीहरूले सक्रियता देखाइरहेका छैन् । बजारमा कसले कस्तो सामान कुन च्यानलबाट ल्याइरहेको छ भन्ने विषयमा राज्यका निकायले अनुगमन गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।
यसरी अवैध तवरबाट आएका सामानको कारोबार विल विजक बेगर भइरहेको छ, तर त्यसलाई नियन्त्रण गर्न पनि ध्यान पुगेको छैन । जसका कारण राज्यले यो क्षेत्रबाट उठाउनु पर्ने ठुलो रकम राजश्व गुमाइरहेको छ । अवैध कारोबारीकै कारण हामीजस्ता जेन्यूईन व्यवसायीको व्यापारमा ५० प्रतिशत भन्दा बढी क्षति पुगेको छ ।
यातायात क्षेत्रमा सरकारले प्रोत्साहन गरेको देखिँदैन तपाईहरुलाई बैंकहरुले सहयोग कसरी गरेका छन् ?
सरकारले अटो मोबाइल क्षेत्रलाई बिलासी वस्तुमा लिएको छ । अटोमोबाइल क्षेत्र एक मात्र यस्तो क्षेत्र हो जसबाट सबै भन्दा बढी राजस्व उठेको छ । सरकारले बाटो निमार्ण गर्न अरबौँ खर्च गर्छ तर अटो मोबाइल क्षेत्र भनेको बिलासी क्षेत्र हो भन्दै मारमा पार्ने काम गर्नु हुन्छ । हामीलाई बाच्न जसरी खानाको अवस्यकता पर्छ त्यस्तै आवतजावत गर्ने सवारीसाधन । अझै पनि अटो मोबाइललाई प्रमोट नगर्दा राजस्व कम उठेन पुगेको छ । १ अर्बको सामान ल्याउँदा १ अर्ब नै राजस्व बुझाउने भनेको यही क्षेत्रले मात्र हो । सरकारले अटो मोबाइल क्षेत्रलाई सहयोग नगर्दा आन्तरिक ऋण लिएर देश चलाउनु परेको छ । हामी जहिले पनि सरकारको पक्षमा नै छौँ तर सरकार भने हाम्रो पक्षमा छैन् । जहिले मारमा पार्ने काम मात्र गर्छ । हामी जति मारमा परेपनि पछौँ । जति बेलासम्म घिस्रिनु पर्ने हो त्यतीबेला सम्म घिरसेर नै चल्छौँ ।
नाडा अटो शोमा कतिको इभिलाई प्राथमिकतामा राख्नु भएको छ?
हामीले यस शोमा जति कमरर्शियल भेक्ललाई प्राथमिकतामा राखेका छौँ त्यति नै इभिलाईपनि प्राथमिकतामा राखेका छौँ । इभिलाई प्रमोट गर्नु पर्ने आवश्यकता छ । हामीले प्राथमिकतामा नै राखेका छौँ । यसले गर्दा व्यापार घाटापनि घटाउँ छ । तर अहिले नै इभि विकल्प हैन् । ३,४ वर्षपछि चाहिँ इभि विकल्प बन्न सक्छ । हरेक व्यक्तिले इभिलाई दोस्रो विकल्पको रूपमा राख्नु भएको छ । इभि पहिलो रोजाइ बन्न भौतिक संरचना छिटो बनाउनु पर्छ । हाम्रो रोजाइमा त इभि छ तर सरकारले चार्जिङ स्टेसन सडक राम्रो र छिटो बनाउन नसक्दा इभि पहिलो रोजाइमा पुग्न नसकेको हो । सरकारको गति कछुवा गतिमा बढी रहेको छ । सरकार खरायो गतिमा बढ्न नसक्दा सम्पूर्णको रोजाइमा इभि पर्ने नसकेको हो ।
अघिल्लो वर्ष इभि शो गर्नु भएको थियो अहिले छोड्नु भएको हो?
हामीले इभि शो छाडेका छैनौँ सञ्चालनमा ल्याइ रहेका छौँ । अहिले नाडा अटो शो मात्र गर्ने लागेका हौँ । इभि शो छिटै गछौँ । अहिलेको शोमा कमरर्शीयल देखि इभिसम्म सम्पूर्ण सवारीसाधनहरू छन् । अघिल्लो वर्ष इभिको मात्र गरेका हौँ फेरि पनि इभिको मात्र गर्ने छौँ ।
अन्तयमा के भन्न चाहनु हुन्छ?
लामो समय देखि सञ्चालनमा नआएको यो शो सञ्चालनमा आउन लागेको छ । मान्छेलाई गाडी नयाँ आएपछि पुरानो फेरेर नयाँ किन्ने सोच हुन्छ । शोरुम शोरुम पुगेर गाडी हेर्ने पनि समय हुँदै । त्यसले गर्दा यो शोले समयको बचत पनि गर्दछ । यो अवसरहरु पछिल्लो दिनहरुमा पाउँदैन । हामी कम्पनीसँग सहकार्य गरेर विभिन्न अफरहरु ल्याएका हुन्छौँ । शोरुम भन्दा कम मूल्यमा सामाग्रीहरू पाइन्छ । एकै ठाउँमा सबै सवारीसाधन पाउने भएकोले बुझन सहज हुन्छ । त्यसैले यहाँ आएर आफ्नो लाभ लिन अनुरोध गर्दछु ।
FACEBOOK COMMENTS