काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने पाँच जना महिला चिकित्सकलाई सम्मानित गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा शुक्रबार राष्ट्रपति भवनमा नेपाल चिकित्सक सङ्घले आयोजना गरेको सम्मान कार्यक्रममा वमन इन मेडिसिनबाट पाँच जना महिलालाई राष्ट्रपति पौडेलले सम्मानित गरेका छन्।
पुरस्कृत हुनेहरुमा डाक्टर अर्चना अमात्य, डाक्टर गीता शाक्य, डाक्टर मिता सिंह, डाक्टरकोकिला वैद्य र प्रमीला प्रधान रहेका छन्। यसैगरी, अन्य पाँच जना महिलालाई लाइभ टाइम अचिभमेन्ट प्रदान गरिएको छ । लाइभ टाइम अचिभमेन्ट पाउनुहुनेमा डाक्टर दिव्यश्वरी श्रेष्ठ, डाक्टर लता बज्राचार्य, डाक्टर शोभा अर्याल, डाक्टरकस्तुरी मल्ल र डाक्टर गीता कार्की रहेका छन्।
FACEBOOK COMMENTS