काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
आईपीओमा आवेदन दिनेले आज कार्यालय समयभित्र आवेदन दिन सकिने छ । कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेको थियो ।
कम्पनीले स्थानीयलाई १९ करोड १२ लाख २५ हजार रुपैयाँको १९ लाख १२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले आयोजना अति प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१, २, ३, ४ र पोखरा महानगरपालिका- १९ का स्थानीयलाई निष्कासन गरेको छ ।
स्थानीयले आईपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंक, नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS