काठमाडौं । नेको इन्स्योरेन्सले आज विशेष साधारण सभा बोलाएको छ । सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । सभाका लागि कम्पनीले असोज १० गते बुक क्लोज गरेको छ । असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।
विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS