काठमाडौँ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीघ्री स्टयान्डर्ड सार्वजनिक गरेको छ ।
शुक्रबार एक कार्यक्रमबिच यामाहा एफजेड एफआई भीघ्री स्टयान्डर्ड सार्वजनिक गरेको हो ।
एमएडब्लु टू ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने, ‘यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकल किफायती मूल्यमा ग्राहकसामु ल्याउने हाम्रो प्रतिबद्धतालाई छ । हामीलाई विश्वास छ यसले हाम्रा अमूल्य ग्राहकहरुको सवारी अनुभवलाई पुनः परिभाषित गर्नेछ । ’
यस मोटरसाइकलमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत इन्जिन टेक्नोलोजी रहेको छ ।
एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड कालो र निलोगरि आकर्षक दुई रङमा रहेको छ ।
एफजेड एफआई भीथ्री स्टयान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आनो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ । एक बलियो १४९ सिसि एयर–कूल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत पसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रुपमा मुलायम प्रवेग उत्पन्न गराउँछ ।
यस बाइकले औसत ४५–५० किमी प्रति लिटरको माइलेज दिन्छ । ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर-केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलको मूल्य कम्पनीले तीन लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
यसमा अगाडि ४९ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७–स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन रहेको छ भने डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ ।
FACEBOOK COMMENTS