लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले बिआरआई परियोजनाले नेपालको बिकासमा एउटा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
लुम्बिनीमा आयोजना गरीएको पहिलो विश्व बौद्ध संस्कृति प्रदर्शनी तथा बेल्ट एण्ड रोड पहलको दशौं वार्षिकोत्सवका क्रममा आयोजना गरीएको बिचार गोष्ठीमा राज्यमन्त्री सिर्पालीले बताइन्न ।
बौद्ध संस्कृतिको अनुसरण र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दशकको स्मरण र समीक्षा गर्नु पर्दा यस परियोजनाले नेपालको विकास एवं चीन नेपाल विच आपसी हितमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा घोषणा गर्नुभएको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वव्यापी कनेक्टिभिटी, व्यापार र सांस्कृतिक आदानप्रदानको परिदृश्यलाई नयाँ आयाम दिने विश्वास गरिएको छ । यसले भौगोलिक सीमानाहरु पार गर्दै देशहरू बीचको दिगो विकास, व्यापार, आपसी सहयोग र साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा म छु राज्यमन्त्री सिर्पालीले बताइन् ।
हालै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा समेत जारी सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जाहेर गरे ।
सन् २०१७ वको मे १२ मा बीआरआईमा नेपालले हस्ताक्षर गरेको हो । गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा बुद्ध विश्वविद्यालयको अगुवाइमा आयोजना भएको पहिलो विश्व बौद्ध संस्कृति प्रदर्शनी कार्यक्रको अध्यक्षता लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यार्केल लामाले गरे ।
FACEBOOK COMMENTS