सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई तीन लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको प्रदेश मन्त्रिपरिषद बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परि कर्णालीबाट शारदा नगरपालिका–३, सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS