काठमाडौं। अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । बैङ्कहरूले भोलि अर्थात् कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेका छन् ।
आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटा बैङ्कले घटाएका छन् । भने चार वटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने दुई वटाले वृद्धि गरेका छन् । अधिकांश बैङ्कको ब्याजदर एकल अंकमा देखिएको छ।
ब्याजदर यथावत राख्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । यी बैंकहरुले असोज महिनाका लागि तोकिएको ब्याजदर कायम राख्ने भएका हुन् । तर, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।
एनएमबि बैंकले कात्तिकका लागि १ दशमलव ०१३ प्रतिशत ब्याजदर बढाएको छ । यस बैंकले ब्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै नेपाल एसबिआई बैंकले ०।७ प्रतिशत बढाएर ब्यक्तिगततर्फ १० दशमलव ७ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ७ प्रतिशत ब्याजदर पुर्याएको छ ।
एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले भने ब्याजदर घटाएका छन् । कात्तिक महिनाका लागि एभरेष्ट बैंकले १ दशमलव ८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर कायम गरेको छ । साथै प्राइम कमर्सियल बैंकले ब्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत, नबिल बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव०१ प्रतिशत ब्याजदर कायम गरेको छ भने प्रभु बैंकले ब्यक्तिगततर्फ ९दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइमई बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ब्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत ब्याजदर तोकेको छ ।
सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ भने कुमारी बैंकले ब्यक्तिगततर्फ १०दशमलव०१ प्रतिशत र संस्थागततर्फ ८दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्यक्तिगततर्फ ९दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ ।
हिमालयन बैंकले ब्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९दशमलव००३ प्रतिशत, नेपाल बैंकले ब्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७दशमलव २२४ प्रतिशत, एनआईसी एशिया बैंकले ब्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९दशमलव ००३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS