काठमाडौं,माघ २२ – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ८ सय रुपियाँले घटेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ७६ हजार रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै,आज तेजाबी सुन पनि प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला ७४ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमामा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ७५ रुपियाँमा कारोबार भएको छ ।
FACEBOOK COMMENTS