काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री सुरु गरेको छ ।
कम्पनीले १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ बिक्री सुरु गरेको हो ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।
उक्त पुँजी संरचना बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको छ ।
एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर दिन सकिने छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS