काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका छन् ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट । तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।’
महामन्त्री शर्माले गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्री? कि जोखिम रहित उपचार खोज्ने? भन्दै सरकारको आलोचना गरेका छन् ।
FACEBOOK COMMENTS