काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रदर्शन स्थल परिवर्तन गर्ने भएका छन् ।
बिहीबार दिनभर जसो बल्खुमा प्रदर्शन गरेका उनले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भयो । झडपका क्रममा सवारी साधन तोडफोड हुनुका साथै ५ प्रहरीसहित २८ जना व्यक्ति घाइते भए ।
प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
FACEBOOK COMMENTS