काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ ।
कार्यालयसँग समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेको भन्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ।
प्रसाईँले बिहीबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबाट बल्खुमा प्रदर्शन गरेको थियो । आजदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न लागिएको छ ।
FACEBOOK COMMENTS