काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा अपछ कुमार यादव चयन भएका छन् ।
हिजो सोमबार बसेको लक्ष्मी लघुवित्त सञ्चालक समितिको १६८औँ बैंठकले संस्थाका सञ्चालक यादवलाई अध्यक्ष चयन गरेको हो ।
त्यसअघि सोमबार नै संस्थाको मातृ संस्था लक्ष्मी सनराइज बैंकबाट प्रतिनिधित्व गरेका चार जनामध्ये तीन जना सञ्चालक पनि परिवर्तन गरिएको थियो ।
जस अनुसार अपछ कुमार यादव, सुमन प्रसाद गेलाल र ममता पराजुली नयाँ सञ्चालकमा मनोनित भएका थिए । त्यसपछि बसेको बैठकले अपछ कुमार यादवलाई संस्थाको अध्यक्ष चयन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसअघिका सञ्चालकद्वय मनोहरराज उप्रेती र अनिता उपाध्यायलाई लक्ष्मी सनराइज बैंकले फिर्ता बोलाएको छ ।
त्यसपछि बनेको संस्थामा को–को छन् सञ्चालक ? हेर्नुहोस् तलको सूची–
FACEBOOK COMMENTS