काठमाडौं । साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १८ दशमलव ०६ अंकले घटेको छ ।
यो सँगै परिसूचक १ हजार ८५८ दशमलव ५३ विन्दुमा झरेको छ ।
आज बिहीबार ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर ३७ हजार ३१ पटक खरिदविक्री हुँदा जम्मा एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ९६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ७८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९९ प्रतिशत गिरावट आएको छ ।
आज विजया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी हाइड्रो र युनाइटेड इदी मर्दि हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यी कम्पनीको शेयर मूल्यमा क्रमश: ६५ रुपैयाँ ७० पैसा, ६५ रुपैयाँ ५० पैसा र ३३ रुपैयाँ ८० पैसाले गिरावट आएको छ ।
विजया लघुवित्तसहित दुई कम्पनीको शेयर मूल्यमा उच्च गिरावट
FACEBOOK COMMENTS