काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालको राजीनामा स्वीकृत भएको छ ।
हिजो शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको ३५९औँ बैठकले उनको राजनीनामा स्वीकृत गरेको हो ।
राजीनामा स्वीकृतिको निर्णय बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ । बरालले गत मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेका थिए ।
राष्ट्रिय बीमा कम्पनीले वि.सं. २०७९ भदौ २३ गते बराललाई सीईओ नियुक्त गरेको थियो । सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने चार वर्षका लागि सीईओ पद सम्हालेका थिए । तर, १५ महिना नपुग्दै राजीनामा दिएका हुन् ।
खुला प्रतिस्पर्धाबाट सीईओ पदमा बरालले बाजी मारेका थिए । सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनीसँग साविक लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भएर काम गरेको अनुभव छ ।
राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा
FACEBOOK COMMENTS