काठमाडौं, माघ २९- चीनमा गत डिसेम्बर महिनामा पहिलो चोटि देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ।
कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ ।यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन (COVID-19) भनिनेछ ।
डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।
FACEBOOK COMMENTS