काठमाडौं । चौधरी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरीले एनसेलको भर्खरै भएको भनिएको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे अफ्नो धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्स साविकको ट्विटरमा उनले पछिल्लो समय विवादित बनेको एनसेल सेयर किनबेचले नेपाली कम्पनीलाई स्वीकृति नदिनुको कारण खुलाएको बताएका हुन् ।
उनले एक्समा लेखेका छन् , ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै छ। हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो?’
एनसेलकाण्डमा विगत १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिने व्यक्तिहरु संलग्न रहेको उनले आरोप लगाएका छन् ।
उनले थप लेखेका छन्, ‘आज जे भएको छ, यही गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्। देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।’
FACEBOOK COMMENTS